GenZ Revolution in Nepal sept 8, 2025

GenZ Revolution in Nepal started sept 8 and 9, 2025 against Nepobaby, Corruption,Nepotism,हामी नेपालको GenZ  युवापुस्ता जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र  अडिग भएर उभिएका छौं। हाम्रो मिसन स्पष्ट छ: भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने – ताकि भ्रष्टाचारलाई निस्प्रभावी पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्। GenZ सहभागी सबैलाई: यो आन्दोलन शान्तिपूर्ण अनुशासित र कानुनी हुनेछ हिंसा तोडफोड वा अव्यवस्था हाम्रो आवाजमा स्थान पाउने छैन। हाम्रो शक्ति हाम्रो एकता, सृजनशीलता र सत्यतामा छ। राजनीतिक प्रभावक तथा दलहरूलाई यो आन्दोलनलाई आफ्नो स्वार्थ वा पार्टीगत एजेण्डाका लागि अपहरण गर्न वा घुसपैट गर्न प्रयास नगर्नुहोस्। यो राजनीतिक लाभका लागि होइन यो नेपालको भविष्यका लागि हो ।सरकार तथा राज्य निकायलाई:  हाम्रो शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्नुहोस्। हामीमाथि हिंसा वा अवैध बल प्रयोग गर्ने कुनै पनि प्रयास जेन्ट्सको जिम्मेवारी हुने छैन। त्यस्ता कार्यहरु सत्तामा रहेका व्यक्तिहरुद्वारा गरिएको मानव अधिकार उल्लङ्घन हुनेछ। हामी कानुन बुझ्छौँ, हामी त्यसको पालना गर्छौं ।हामी अधिकार बुझ्छौ हामी त्यसको रक्षा गर्छौं,शान्तिपूर्ण, शक्तिशाली।  अडीग!!

SLOGONS!!

CHOOSE HUMANITY NOT VOILENCE,DON’T FEAR THE YOUTHS HEAR THE YOUTHS,CORRUPTION STEALS OUR FUTURE,OUR VOICE, OUR RIGHTS, OUR FUTURE,SOCIAL MEDIA  बन्द गरेर भ्रष्टाचार लुक्दैन,भ्रष्टाचार विरुद्ध युवा,BRIBE-FREE NATION,BRIGHT- NATION!! STOP CORRUPTION,ENOUGH IS ENOUGH

आज चुप बस्यौ भने, भोलि कहिल्यै बोल्न पाइँदैन।

जीवन अर्को छैन, देश पनि अर्को छैन।

हाम्रो धर्ती यही हो, हाम्रो नियति पनि यही हो।

श्वास व्यर्थ नबनाऊ।

आऊ! बोल, उठ, बदल!

वर्तमान तिम्रो इतिहास लेख्न तत्पर छ।

WE WANT FREEDOM OF SPEECH

WE WANT DIRECT ELECTED SYSTEM

 

 

 

 

Recently Blogs

समाजसेवी राजु केसीद्वारा रुकुम पश्चिमका १३,००० विद्यार्थीहरूलाई ७० हजार थान शैक्षिक सामग्री हस्तान्तरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरेको राजनैतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर कार्यक्रम केही झलकहरू

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिममा संगठन विस्तारका केही झलकहरू तस्बिरमा

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम-काठमाण्डौ सम्पर्क बिभाग गठन

Message us

Man Bahadur Shahi

Engineer Social Activest Youth Entrepreneure

Get In Touch

Phone Number

9851039749

Email Address

manushahi17@gmail.com

Address

Chaurjahari-14, West Rukum

@ 2026 Man Bahadur. All Rights Reserved.