तिहारमा टिकाको दिन आठबिसकोटमा भूकम्पपीडितका लागि अस्थायी आवास हस्तान्तरण ई.मान बहादुर शाही

३ मंसिर, रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण थालिएको छ । आठबिसकोट–१४ स्थित जामिरेकोट पूर्णगाउँमा उनीहरुलाई चिसोबाट जोगाउन सामूहिक आवास निर्माण थालिएको हो ।

पहिलो चरणमा स्थानीय कच्चापदार्थ प्रयोग गरेर जामिरेकोट पूर्णगाउँ, छेपारे टोलमा दशवटा अस्थायी आवास निर्माण गर्न लागिएको इञ्जिनियर मानबहादुर शाहीले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिलो चरणमा भूकम्पबाट मृत्यु भएका १० घरपरिवारलाई अस्थायी आवास निर्माण थालिएको छ । दुई वटा भने निर्माण सम्पन्न भई पीडित परिवार बस्न थालिसकेका छन् । अन्य आठ अस्थायी आवास दुई दिनभित्र निर्माण सम्पन्न गरी मृतकका आफन्त परिवारलाई हस्तान्तरण गरिने इञ्जिनियर शाहीले जानकारी दिए ।

भूकम्पले भत्किएका घरबाट निस्केका काठ, अन्य आवश्यक परेमा स्थानीयस्तरमै पाइने सल्लाको काठ र जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण काम जारी रहेको उनले जानकारी दिए ।अस्थायी आवास निर्माण गर्दा काठलगायत आठवटा जस्तापाता प्रयोग गरेर पाँच जना परिवार बस्न मिल्ने दुई कोठा बराबरको अस्थायी आवास निर्माण गरिएको छ । नमूना घरका रुपमा निर्माण गरिएको अस्थायी आवास निर्माण गर्न प्रत्येक अस्थायी आवासलाई रु ३५ हजारका दरले खर्च लाग्ने उनले जानकारी दिए । आवास निर्माण गर्दा स्थानीयवासीको पनि सहयोग रहेको उनको भनाइ छ ।दशवटा आवास निर्माण गर्दा लाग्ने सबैखर्च पाँच जनाको व्यक्तिगत रुपमा भूकम्पपीडितलाई सहयोगबापत खर्च गरिएको शाहीले जानकारी दिए । स्थानीय कच्चापदार्थबाट निर्माण गरिएको अस्थायी आवास जोखिममुक्त र बलियो रहेको उनको भनाइ छ ।आठबिसकोट १४ का मृतक १३ घरपरिवारमध्ये एक घरपरिवारलाई नेकपाका महासचिव नेत्रविक्रम चन्दको नेतृत्वको समूहले अस्थायी आवास निर्माण गरिदिएको हो भने दुई घरपरिवारलाई अन्य सहयोगी सङ्घसंस्थाले अस्थायी आवास निर्माण गरिदिएका हुन् ।आठबिसकोट १४ का १३ मृतक घरपरिवारलाई अस्थायी आवास बन्ने निश्चित भए पनि अन्य क्षति भएका घरमा अस्थायी आवास कहिले निर्माण हुन्छ भने टुङ्गो छैन। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले भने सम्बन्धित स्थानीय तहलाई भूकम्पले घरमा पारेको क्षतिको विवरण कार्यालयले पठाएको ढाँचामा पठाउन भनेको छ ।स्थानीय तहबाट क्षतिको विवरण कार्यालयमा आएपछि विपद् व्यवस्थापन समितिको बैठक बस्ने र पीडितका अस्थायी आवास निर्माणमा जुट्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । स्थानीय तहबाट घरमा भएको पूर्ण विवरण आउन केही समय लाग्ने भएकाले अस्थायी आवास निर्माण गर्न समय लाग्ने उनले जानकारी दिए ।भूकम्प प्रभावित क्षेत्र पहिलो चरणको राहत वितरणको काम भने सकिएको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले रुकुमपश्चिममा ५३ जनाको मृत्यु भएको थियो भने भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।अहिले अधिकांश भूकम्पपीडित त्रिपालका सहारामा चिसो रात काटिरहेका छन् ।

Recently Blogs

Beautiful Houses Designs

राष्ट्रिय स्वतन्त्र पार्टिबाट 2082 फाल्गुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुँदै गर्दा

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महादिबेशन 2083 असार 7-9 चितवनमाका केही झलकहरु

Residential Bunglow Design

Message us

Man Bahadur Shahi

Engineer Social Activest Youth Entrepreneure

Get In Touch

Phone Number

9851039749

Email Address

manushahi17@gmail.com

Address

Chaurjahari-14, West Rukum

@ 2026 Man Bahadur. All Rights Reserved.