बेल्जियमबाट यम निरौला सरले पठाउनुभएको जम्मा ६० हजार पैसा एउटै घरका ४ जना भूकम्पमा परी मृत्यु हुनुभएको परिवारलाई हस्तान्तरण जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ हरिबहादुर ओलीको परिवार एकै घरका पाँचजना बित्नुभएको थियो र आठबिस्कोट नगरपालिका १४ ज्यामिरकोटमा बुवा बित्नुभएको र आमा अलि पहिलेमा पहिले नै बित्नुभएको र उहाँका एक छोरा १७ वर्ष बुहारी १६ वर्ष र छोरी १५ वर्ष तीनजना बच्चाहरू मात्रै भएको घर परिवार र गोविन्द पुन जसको परिवारमा चार जनाको मृत्यु भएको थियो। उहाँहरूको तीन घरपरिवारलाई २० हजारको दरले रकम हस्तान्तरण गरियो।
